Media Network

प्रहरीका ५ एसपी र १६ डीएसपीको सरुवा (को कहाँ)


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी उपरीक्षक र १६ जना प्रहरी नायब उपरीक्षकको काज सरुवा गरेको छ ।अर्को आदेश नभएसम्मका लागि उनीहरूको काज सरुवा गरिएको हो ।

सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय दाङको जिम्मेवारी एसपी वीरबहादुर ओलीलाई दिइएको छ ।

त्यस्तै सुरेश प्रसाद काफ्लेको अपराध अनुसन्धान विद्यालय महाराजगन्ज काठमाडौं, महेन्द्र खड्काको बागमती प्रदेश प्रहरी गण हेटौंडा मकवानपुर, सन्तोष सिंह राठौरको नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल काठमाडौं र खड्क बहादुर खत्रीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा काज सरुवा गरिएको छ ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद