Media Network

प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलायो


खबरस्टोरी संवाददाता

२६ मंसिर २०८०,मंगलवार

काठमाडौं । प्रहरीले लागूऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर ललितपुरको झम्सिखेलबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।
कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको थियो । त्यसक्रममा अविनाश राई पक्राउ परेको उनले बताए ।
उनको साथबाट आइस ड्रग बरामद भएको प्रहरीले जनाएको छ । राईलाई उपचारका लागि अस्पताल लगिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद