Media Network

प्रहरीमा रिक्त १३ डीआईजी पदमा बढुवा हुन चाहानेको लाइन


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७९,बुधबार

काठमाडौँ । नेपाल प्रहरीमा १३ वटा नायव महानिरीक्षक (डीआईजी)को पद रिक्त छ । चैत १३ मा बढुवा समितिले चार जना डीआईजीहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।

चैत ६ मा मन्त्रिपरिषद्ले ५ जना अधिकृतहरूलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा हुनेमा टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । उनीसँगै बढुवा भएका वसन्त कुँवर प्रहरी महानिरीक्षक नियुक्त भएका छन् ।

लामो समयदेखि रिक्त एआईजीमा बढुवासँगै डीआईजीमा रिक्त पदसंख्या १३ पुगेको हो । नायव महानिरीक्षकमा बढुवा हुन प्रहरी वरिष्ठ उपरीक्षकहरू बीच तीव्र प्रतिस्पर्धा छ ।

डीआईजी बढुवा हुने मेरिट लिस्टको पहिलो नम्बरमा जनक भट्टराई छन् । भट्टराई सहित १० जना २०७७ वैशाख १७ मा वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए । उनीहरू डीआईजी हुने प्रतिस्पर्धामा छन् । विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञ विनोद पोखरेल र चन्द्र कुवेर खापुङ बरीयतामा अगाडि छन् ।

२०७७ माघ र २०७८ मंसिरमा बढुवा भएकाहरू पनि डीआईजी बढुवाको तीव्र प्रतिस्पर्धामा छन् । अर्जुन चन्द ठकुरी, सुरेन्द्र प्रसाद मैनाली, चक्रबहादुर सिंह र विकाश राज खनाल डीआईजी बढुवा हुने प्रतिस्पर्धामा छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद