Media Network

प्रधान सेनापतिद्वारा दज्र्यानी चिन्ह प्रदान


खबरस्टोरी संवाददाता

११ पुष २०७९,सोमबार

काठमाडौं।प्रधान सेनापति महारथी प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को यही पुस तीन गतेको निर्णय अनुसार उपरथी दर्जामा विशेष बढुवा हुन भएका सहायक रथी कृष्ण प्रसाद सापकोटा र मानार्थ उपरथी दर्जामा पदोन्नती हुन भएका सहायक रथी सुशिल कुमार भण्डारीलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज सोमबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दज्यायानी चिन्ह प्रदान गरेका हुन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद