Media Network

पूर्व डीआईजी शाहलाई भ्रष्टाचार मुद्दामा ३ वर्षको जेल सजाय


खबरस्टोरी संवाददाता

२६ पुष २०८०,बिहीबार

काठमाडौँ।विशेष अदालतले नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोकेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय बुधबार उक्त सजाय निर्धारण गरेको हो ।
क्षेत्रीय प्रहरी तालिम कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डिआइजी शाहसहित दुई जनालाई अदालतले दोषी ठहर गरेको थियोे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहलाई १६ लाख ६९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । अदालतले सोही रकम नै बिगो र तीन वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।
यस्तै अदालतले उक्त प्रकरणमा पूर्वप्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैद तथा १६ लाख ६९ हजार रुपैयाँ जरिवाना गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद