Media Network

पूर्व राजा महेन्द्रका ज्वाईसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौं । मन्दिरको नामको जग्गा व्यक्तिको नाममा पास गराएको अभियोगमा ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

राजा महेन्द्रका ज्वाई कुमार खड्ग बिक्रम शाह तथा मालपोत र गुठीका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।जनकपुरको मन्दिरको जग्गा मालपोत कर्मचारीको मिलेमतोमा कुमार खड्गबिक्रमको नाममा ल्याइएको थियो । कुमार खड्ग बिक्रमको निधन भइसकेको छ ।

गुठीका तत्कालिन हाकिम मधु बाँस्तोकोटी, मालपोत नासु यमुना पंजियार, खरिदार जगदेव कामती र अन्य जग्गा जफतका लागि प्रतिवादी बनाइएको छ । २९ करोड ८८ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

कुमार खड्ग बिक्रम शाहको श्रीमती शारदासहित दरबार हत्याकाण्डमा मृत्यु भएको थियो । उनका छोरा दिवश बिक्रम शाहलाई समेत अख्तियारले प्रतिवादी बनाएर मुद्दा चलाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद