Media Network

राजनीतिक व्यक्तित्वका सुरक्षामा खटिएका १८७ सुरक्षाकर्मी फिर्ता


खबरस्टोरी संवाददाता

१५ पुष २०७९,शुक्रबार

काठमाडौ । गृहमन्त्रालयमा भर्खर मात्र प्रवेश गरेका नयाँ गृहमन्त्री रवि लामिछानेको पहिलो प्रयासमा कार्यविधिमा तोकिएको भन्दा विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका छन् । 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रुपमा खटिएका सुरक्षा अधिकारीहरु फिर्ता भएका हुन् । गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म नेपाल प्रहरीका १०३ जना प्रहरी कर्मचारी फिर्ता भईसकेका छन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय र बलम्बु स्थित नौ नम्बर बाहिनीबाट खटिएका ८५ जना सुरक्षाकर्मी फिर्ता भएका छन् ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यबिधि–२०७७ अनुसार पूर्व गृह मन्त्रीले १० वर्षसम्म २ जना पीएसओ र सशस्त्र प्रहरीको पछुवा गाडी पाउँछन् । पूर्व मन्त्रीले दुई वर्षसम्म १ जना व्यक्तिगत सुरक्षा अधिकृत पाउँछन् । राज्यमन्त्रीले पनि दुई वर्षसम्म पीएसओ पाउने व्यवस्था छ ।

पूर्व सुरक्षाकर्मीहरु मध्येमा एआईजी र डीआईजीहरुले पाउँदै आएको सुरक्षा नयाँ कार्यविधिमा हटाइएको छ । पूर्व प्रहरी महानिरीक्षकले ४ वर्षसम्म ५ जना र त्यसपछि आजीवन २ जना सहयोगी पाउने व्यवस्था कार्यविधिमा छ ।पूर्व कर्मचारी, पूर्व सुरक्षाकर्मी  र विशिष्ट व्यक्तिहरूको सुरक्षामा नेपाल प्रहरीबाट मात्रै ६६१ जना प्रहरी कर्मचारी खटिएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद