Media Network

रुकुमपश्चिम नवराज विक हत्याकाण्ड: वडाअध्यक्षसहित २३ जनालाई जन्मकैदको फैसला


खबरस्टोरी संवाददाता

१९ मंसिर २०८०,मंगलवार

काठमाडौ । ६ जनाको हत्या भएको रुकुमपश्चिमको सोती घटनामा जिल्ला अदालतले फैसला सुनाएको छ । अदालतले हाल थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला गरेको हो । यस्तै अदालतले ८ जनालाई भने सफाई दिएको छ । 

२०७७ जेठमा चौरजहारी नगरपालिका–८ सोतीगाउँमा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । कर्तव्य ज्यान र जातीय छुवाछूतसम्बन्धी मुद्दामाथिको जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाई भएको थियो । 

नवराजका बाबु मुनलाल नेपालीको जाहेरीका आधारमा सो घटनामा तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलाइएको थियो । उनीहरुमध्ये ११ जना साधारण तारेखमा छुटेका थिए भने २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाइएको थियो । 

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक बिहे गर्न आफ्ना साथीहरु लिएर पारिपट्टिको गाउँ अर्थात रुकुम पश्चिमको सोतीगाउँ पुगेका पुगेका थिए । तर सोतीका स्थानीयले आक्रमण गरेका थिए । सो क्रममा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । विकसहित सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको हत्या भएको थियो । उनीहरुको शव भेरी नदिमा भेटिएको थियो । उक्त घटनामा अन्य १२ जना घाइते भएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद