Media Network

रामबहादुर बम्जनलाई भेट्न सीआईबी कार्यालय पुगिन् पूर्वराज्यमन्त्री लामा


खबरस्टोरी संवाददाता

२५ पुष २०८०,बुधबार

काठमाडौं । अनुयायीहरुलाई बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा पनि सीआईबी कार्यालयमा पुगेकी छन् ।
बम्जनलाई मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । बमजनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका छन् । यही टोलीमा पूर्वराज्यमन्त्री लामा पनि छिन् ।
लामा २०७४ सालमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी थिइन् ।
बमजनलाई भेट्न भन्दै उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालय पुग्दा भीडभाड भएको थियो । त्यसपछि उनीहरुलाई प्रहरीले हटाएको थियो । उनका अनुयायीहरुलाई प्रहरीले सीआईबी कार्यालय नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको छ ।
प्रहरीहरु पनि उल्लेख्य संख्यामा परिचालित छन् । उनको बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद