Media Network

रविका वकिलको तर्क :नागरिकता नलिंदैमा गैर नेपाली भन्न कहाँ पाइन्छ ?


खबरस्टोरी संवाददाता

२२ पुष २०७९,शुक्रबार

काठमाडौँ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सरकारी वकिलहरुले नागरिकता नलिएकै आधारमा गैरनेपाली भन्न नपाइने अनौठो तर्क गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले जारी सुनुवाइमा प्रतिरक्षा बहस गर्दै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले यस्तो तर्क गरेका हुन् । 

लामिछानेले सांसद र मन्त्री पदको समेत शपथ ग्रहण गरिसकेकाले उनीविरुद्ध अन्तरिम आदेश जारी गर्न नमिल्ने पनि उनको जिकिर छ । यसअघि रिट निवेदकको तर्फबाट बहस गर्ने वकिलहरुले भने लामिछानेको सांसद पद खारेजभागी रहेको जिकीर गरेका थिए । अधिवक्ता सुरेन्द्र भण्डारी,अमृत खरेल, रमण कर्णसहितका कानुन व्यवसायीले नेपाली नागरिकता नभएका व्यक्ति सांसदका लागि अयोग्य हुने कानुनी व्यवस्था स्मरण गराउँदै त्यस्ता व्यक्तिको पद स्वतः खारेज हुनुपर्ने माग गरे । 

अमेरिकाको नागरिकता त्यागेपछि लामिछानेले नेपाली नागरिकता नलिएको र स्वतः खारेज भएको नेपाली नागरिकता बुझाएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएकाले सांसद खारेज गर्नुपर्ने उनीहरुको भनाई छ । 

गृहमन्त्री लामिछानेको नागरिकता विवादका विषयमा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको इजलासमा बहस भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद