Media Network

सन्दीप लामिछानेको सुनुवाइको पेशी आज, छुट्ने सम्भावना कति ?


खबरस्टोरी संवाददाता

२१ पुष २०७९,बिहीबार

काठमाडौं।पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुने भएको छ। जिल्ला अदालतको आदेशविरुद्ध नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी आजका लागि तोकिएको छ ।

पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेशी आजका लागि तोकिएको हो ।पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको निर्णय विरूद्धको निवेदनमा उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा हुँदैछ ।  

यसअघि दुईपटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए । दोस्रोमा उनको पेशी हेर्न नभ्याइनेमा परेको थियो ।

२० असोजमा पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनले थुना बाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद