Media Network

सन्दीप लामिछानेमाथि अदालतले आज सजाय तोक्दै


खबरस्टोरी संवाददाता

२५ पुष २०८०,बुधबार

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजाय तोक्दैछ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेका थिए । सँगै सजाय तोक्न पुस २५ गतेको पेशी तोकेका थिए ।
आजको पेशीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुनेछ । अदालतले गौशाला २६ नाबालिग नभएको ठहर गरेकाले सन्दीपलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनका जानकारहरु बताउँछन् ।
न्यायाधीश शिशिरराज ढकालले सन्दीप लामिछानेले अपराध संहिता २०७४ को दफा २१९(१),(२),(३)ङ बमोजिम कसुर गरेको ठहर गरेका थिए ।  उक्त कानून व्यवस्था (दफा २१९(१),(२),(३)(ङ) मा १८ वर्षभन्दा माथिकालाई बलात्कार गरेको ठहर भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
जिल्लाको फैसलाको पूर्णपाठ तयार भएपछि त्यसमा चित्त नबुझेमा मुद्दाका दुवै पक्षले उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउनेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद