Media Network

सन्दीपविरुद्धको मुद्दामा किशोरीको तर्फबाट बहस सकियो


खबरस्टोरी संवाददाता

११ पुष २०८०,बुधबार

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडितकोतर्फको बहस सकिएको छ ।काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी अन्तिम सुनुवाईमा आज किशोरीको पक्षबाट बहस सकिएको हो ।न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा परेको हो ।

गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ ।पीडित पक्षको बहस सकिएकाले आजैबाट सन्दीप पक्षका न्यायाधीसले बहस सुरू गरेका छन् ।भोलि पनि सन्दीपकै पक्षका न्यायाधीसले बहस गर्नेछन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद