Media Network

सप्तरीमा तस्कर समूह र प्रहरीबीच भिडन्त, तीन प्रहरी घाइते


खबरस्टोरी संवाददाता

७ भाद्र २०७९,मंगलवार

सिरहा । तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा सप्तरीमा तस्कर समूह र प्रहरीबीच झडप भएको छ ।

झडपका क्रममा तस्करहरूले गरेको ढुंगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ।

सप्तरीको बलान बिहुल गाउँपालिका– ४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।तस्करीका सामान घरमा लुकाएर राखेको सूचनापछि प्रहरीले घर खानतलासी गर्न खोज्दा तस्कर समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको थियो ।

अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीले घरबाट तस्करी गरी ल्याइएका केही सामान बरामद गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद