Media Network

संरक्षित वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु सहित तीन जना पक्राउ


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौं। संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार)जस्तो देखिने ९ किलोग्राम तौल भएको बस्तु सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ बस्ने ४९ वर्षीय गोबिन्द सिन्चुरी, काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका-७ बस्ने २५ वर्षीय बिमान स्याङ्तान र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ बस्ने २६ वर्षीय सुरज झेडीमगर रहेका छन् । 

 विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोक समेतको सहयोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-६ अठ्ठाईस किलोबाट उनीहरूलाई उक्त वस्तु सहित पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा बुझाइएको छ ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद