Media Network

सर्लाहीमा स्रोत नखुलेको २६ लाख र सुनसहित दुईजना पक्राउ


खबरस्टोरी संवाददाता

३१ श्रावण २०७९,मंगलवार

काठमाडौं । सर्लाहीमा स्रोत नखुलेको २६ लाख रुपैयाँ र सुनसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा डोटीको शिखर नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटका ३१ वर्षीय विशाल खत्री छन् ।

प्रहरीका अनुसार बरहथवा नगरपालिका–११, हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको नगद ३६ लाख र २३३ ग्राम २८० मिलिग्राम तौलबराबरको सुनको सिक्री एकथान र ब्रासलेट एकथानसहित उनीहरू पक्राउ परेका हुन् ।

नयाँरोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२– ०३३ प ७७५० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद तथा सुनसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद