Media Network

स्रोत नखुलेको नगद सहित पक्राउ


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

मोरङ।विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको नगद ४ लाख ५१ हजार ९ सय रूपैयाँ सहित धनकुटा साघुरीगडी गाउँपालिका–३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने पहल भइरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद