Media Network

सूर्यदर्शन सहकारीका अध्यक्ष जिबी राई र पूर्वअध्यक्ष विरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस


निरज तिमिल्सिना

१४ माघ २०८०,आईतवार

काठमाडौं । पोखरास्थित सुर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।बाग्लुङ्ग घर भएका थानबहादुर सहकारीको वर्तमान अध्यक्ष हुन् भने ओखलढुङ्गा घर भएका राई पूर्व अध्यक्ष हुन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ९इन्टरपोल’ मार्फत उनीहरुविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको थियो । जीबी राईसहित ४ जना विरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो । पूर्व सदस्य शिवबहादुर गुरुङविरुद्ध डिफ्युजन जारी भएको छैन ।

अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । काठमाडौँस्थित प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट जीबीविरुद्ध नोटिस जारी गरिएको हो । नोटिस जारी भएसँगै विश्वका जुनसुकै देशमा भेटिए पनि उनीहरूलाई इन्टरपोलले पक्राउ गरेर डिपोर्ट गर्न सक्छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद