Media Network

स्ववियु निर्वाचननको विषयलाई लिएर आरआरमा खुकुरी प्रहार ,३ जना घाईते


खबरस्टोरी संवाददाता

१३ पुष २०७९,बुधबार

काठमाडौँ।स्ववियु निर्वाचनका विषयमा अनेरास्ववियुका नेताहरुबीच विवाद हुँदा प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार भएको छ । झगडामा आआर क्याम्पस का अध्यक्ष मदन भण्डारी उपाध्यक्ष लोकेश खड्का घाइते भएका छन।

घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

विद्यार्थीकै गुटको झगडा भएको हो। प्रहरीले चार जनालाई पक्राउ गरेर लगेको छ।पक्राउ पर्नेमा कृष्ण गिरि,जलप तामाङ,दु्रतराज लामा र सविन निरौला रहेका छन्।



Share:
Reaction :
ताजा समाचार
खेलकुद