Media Network

टिचिङ अस्पतालबाट फरार भएका नख्खु कारागारका कैदी लुभुबाट पक्राउ


खबरस्टोरी संवाददाता

९ भाद्र २०७९,बिहीबार

काठमाडौं । त्रिवि शिक्षण अस्पतालबाट फरार भएका ललितपुरस्थित नख्खु कारागार कैदी ललितपुरको लुभबाट पक्राउ परेका छन्।

कर्तव्य ज्यानको कसुरमा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका रामेछापका ३८ वर्षीय भोला बुढाथोकी बुधबार अस्पतालबाटै फरार भएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई आज (बिहीबार) बिहान पक्राउ गरेको हो।

उनी एक हातमा हत्कडी नै भएको अवस्थामा फरार भएका थिए।उक्त घटनालाई लिएर कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई समेत निलम्बन गरिएको छ। 

बुढाथोकी फरार भएको घटनाको सन्दर्भमा छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) देबेन्द्र बहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको थियो।



Share:
Reaction :
ताजा समाचार
खेलकुद