Media Network

तीनकुनेबाट विरोधी दुर्गा प्रसाईं समर्थक ७ जना पक्राउ


खबरस्टोरी संवाददाता

८ मंसिर २०८०,शुक्रबार

काठमाडौँ । तिनकुनेमा जम्मा भएका गणतन्त्र विरोधी दुर्गा प्रसाईं समर्थक७ जनालाई प्रहरी पक्राउ गरेको छ । 

स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको हो । प्रहरीले पक्राउ गरेकाहरुको पहिचान खुलाइसकेको छैन । स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रसाई र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन । 

प्रसाईंले मंसिर ७ बाट व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै आएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद