Media Network

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


खबरस्टोरी संवाददाता

८ भाद्र २०७९,बुधबार

काठमाण्डौ। काठमाण्डौको कलंकी स्थित खसीबजारमा गएराति ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको छत्रे देउराली २ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् । 

 गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । 

गएराति साढे ९ बजे कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

ट्रिपर सहित चालक नियन्त्रणमा रहेको ट्राफिक प्रहरी प्रभाग कलंकीले जानकारी दिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद