Media Network

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

काठमाडौं। दुबई पठाइदिन्छु भन्दै नगद ३८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा नवपलरासी(पश्चिम) प्रतापपुर गाउँपालिका–२ गोपिगञ्ज घर भई काठमाडौं गोंगबु बस्ने ५४  वर्षीय भोज बहादुर चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

दुबई पुगेपछि आर्मस गार्डमा नगद १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पीडितहरूबाट ३८ लाख रुपैयाँ लिई फरार रहेका चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।      


Share:
Reaction :
ताजा समाचार
खेलकुद