Media Network

धुलिखेलमा वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी


खबरस्टोरी संवाददाता

१० मंसिर २०८०,आईतवार

काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा वाग्मती प्रदेशस्तरीय दुईदिने सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु भएको छ ।गोष्ठीमा वाग्मती प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारी, जिल्ला न्यायाधीश र जिल्ला महान्यायाधिवक्ताहरूको सहभागिता छ ।

गोष्ठीमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नागरिकको सुरक्षाका बारेमा कसरी थप समृद्ध योजना निर्माण गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण रहेको बताए । बदलिँदो परिस्थितिमा एक देशमा बसेर अर्काे मुलुकमा हुन सक्ने अपराध र त्यसको न्यूनीकरण तथा प्रविधिसँग जोडिएर हुने गरेका अपराधका बारेमा भएका अभ्यास र चुनौतीका बारेमा गोष्ठी महत्त्वपूर्ण हुने उनले उल्लेख गरे ।

गोष्ठीमा साइबर अपराध, अनुसन्धानका चुनौती, कानुन कार्यान्वयन, वाग्मती प्रदेशका जिल्लाहरूमा भएका अपराध र अनुसन्धानमा प्रगति तथा समस्या र समाधानका उपायबारे छलफल गरिने वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले बताए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद