Media Network

उपत्यकामा सवारी आवागमन सामान्य


अञ्जन बस्नेत

७ भाद्र २०७९,मंगलवार

काठमाण्डौ । उपत्यकामा सवारी आवागमन सामान्य रहेको छ । विभिन्न नाका प्रयोग गरि उपत्यका भित्रीने र बाहिरीने सवारी साधन पनि सामान्य तवरलेनै संचालन भइरहेका छन् । अन्य दिनको तुलनामा आज सडकमा सार्वजनिक सवारी साधनको संख्या न्युन रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । 

देशका अन्य सडकखण्डमा सवारी साधनको संख्या न्यून रहे तापनि निर्वाध तवरले संचालन भइरहेको प्रदेश प्रहरी कार्यालयहरूले जानकारी दिएका छन् । सडकमा प्रहरीको उपस्थित बाक्लो रहेकोले सवारी साधन निर्वाध रुपमा संचालन गर्न चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद