Media Network

विभिन्न हतियार बरामद


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

रौतहट।गढीमाई नगरपालिका–९ बस्ने राम प्रसाद राय यादवको गोठबाट १ थान एकनाले लामो घरेलु हतियार र १ थान कटुवा पेस्तोल आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । 

उक्त गोठमा वेवारिसे अवस्थामा उक्त हतियारहरू फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले उक्त हतियारहरू बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद