Media Network

८१ वर्षीया वृद्धा पाँच केजी हेरोइनसहित पक्राउ


खबरस्टोरी संवाददाता

४ भाद्र २०७९,शनिबार

काठमाडौँ । वार्साको अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडातर्फ प्रस्थान गर्न लागेकी एक जना ८१ वर्षीया महिलालाई पाँच किलो हेरोइनसहित पक्राउ गरिएको छ ।

बरामद गरिएको उक्त परिमाणको हेरोइनको मूल्य पाँच लाख १५ हजार अमेरिकी डलर पर्ने अधिकारीले बताएका छन् ।

डेनमार्ककी नागरिक ती महिलाको संदिग्ध गतिविधि देखेपछि भन्सारका कर्मचारीले उनका सामान खानतलासी गर्दा उक्त परिमाणको प्रतिबन्धित लागू औषध बरामद गरिएको हो ।बरामद भएको लागू औषध फल्स बटन बनाएर तक्सरीको प्रयास गरिएको थियो ।

ती महिला मलावी र केन्या हुँदै दोहाबाट वार्सा आइपुगेकी हुन् । पोल्यान्डको कानुनअनुसार उनलाई तीन महिना थुनामा राखेर अनुसन्धान गरिने छ । गैर कानुनी रुपमा प्रतिबन्धित लागू औषध निजले राखेको प्रमाणित भएमा १५ वर्ष कारावासको सजाय भोग्नु पर्ने छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद