Media Network

विशेष अदालतका अध्यक्ष र सदस्यले लिए शपथ


खबरस्टोरी संवाददाता

१८ मंसिर २०८०,सोमबार

काठमाडौं । विशेष अदालतका अध्यक्ष र सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा विशेष अदालतका नवनियुक्त न्यायाधीशहरूलाई शपथ गराएका हुन् ।
यही मंसिर ५ गतेको न्यायपरिषद् बैठकको निर्णयबाट विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर तथा सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्ति सिफारिस भएका थिए ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद