Media Network

युवतीलाई आत्मदाहका लागि बाध्य बनाउने हाइप्रोफाइल ‘प्रेम काण्ड’को यथार्थता


खबरस्टोरी संवाददाता

२१ मंसिर २०७९,बुधबार

काठमाडौं । विभिन्न चलचित्र तथा सिरियलहरुमा देखिदै आएको विषयवस्तु तथा घटनाक्रम जस्तै एउटा दर्दनाक घटनाले यतिबेला चौतर्फी रुपमा व्यापकता पाईरहेको छ ।

काठमाडौंको दरबारमार्गस्थित ‘केल्मी नेपाल’की अपरेशन म्यानेजर २७ वर्षीया पुष्पा न्यौपानेले गत आइतबार साँझ ७ बजे आत्मदाह गरिन ।नुवाकोट जिल्ला स्थायी घर भई काठमाडौंको बुद्धनगरमा बस्दै आएकी न्यौपानेले धुम्बाराहीस्थित पिपलबोट नजिकै रहेको सदन संग्रौलाको घरको अगाडि आत्मदाह गरेकी हुन् ।

प्रेमसम्बन्धलाई वैवाहिक रुप दिने विषयलाई लिएर दुई प्रेमिल जोडिबिच विवाद सिर्जना भएपछि अन्तत् प्रेमिकाले ज्यान गुमाइन्

यस्तो छ यथार्थता 

पुष्पा र सुदनबीच केही दिन अगाडि ईन्गेजमेन्ट भएको थियो । सुदनले पुष्पासँग ईन्गेजमेन्ट गरेर एकाएक गत शनिबार तोडेका थिए । सुदनले ईन्गेजमेन्ट तोडेको दुई दिनमै पुष्पाले आत्मदाह गरिन, न्यौपानेले केटाको घरमै पुगेर आफैंलाई पेट्रोल खन्याएर आत्मदाह गरिन्। जल्दै गरेको अवस्थामा फेलापरेकी उनको उपचारका क्रममा मृत्यु भयो ।

पुष्पाका आफन्तले सुदनसहित बुबा दिनेश संग्रौला, आमा विन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा प्रहरीमा किटानी जाहेरी दिए ।

प्रहरीले सोमबार चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाईसकेको छ ।

काठमाडौं जिल्ला अदालतले बुबाआमा र दाइलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ ।

ईन्गेजमेन्ट तोड्न सुदन संग्रौलालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति समेत पाइसकेको छ ।

सुदन र पुष्पा २०७८ मा नजिकिन थालेका थिए । मायाप्रेम बाक्लो भएपछि उनीहरूका बीच विवाह गर्न ईन्गेजमेन्ट समेत भएको थियो । पछि के कारणले हो दुई दिनमै सुदनले पुष्पासँग ईन्गेजमेन्ट तोड्न पुगेका थिए ।

सुदनले चीनबाट बालबालिकाको खेलौना लगायतका सामग्री आयात गरेर बिक्री गर्छन् ।२०७९ भदौ १८ गते बुद्धनगरस्थित पुष्पाको घरमा पुष्पा र सुदनबीच टिकाटालो भएको थियो ।

त्यसयपछि सुधन, पुपाको घरमा आउने जाने गरिरहेका थि । पुष्पा पनि धुम्बाराहीस्थित सुदनको घरमा गइराख्थिन् ।ईन्गेजमेन्ट भएको केही समयबाटै उनीहरूबीच खटपट सुरु भएको पाइएको छ ।

पुष्पा ईगेजमेन्टको तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा राख्न चाहेकी थिइन् । सुदनले भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा राख्न स्वीकृति नदिएको पुष्पाका आफन्तले आरोप लगाएका छन् ।

आफ्ना साथीहरूसँग पुष्पाले सुदनको व्यवहार विस्तारै फेरिन थालेको बताउने गरेकी थिइन् ।विस्तारै पुष्पाले सुदनमाथि शंका गर्न थालिन् । उनीहरूका बीच मनमुटाव बढ्दै गयो ।

आउने शनिबार पुष्पाकी दिदीको ईन्गेजमेन्ट हुँदै थियो । पुष्पाले त्यसका लागि ब्लाउज सिलाउन दिएकी थिइन् । त्यही लिन भन्दै उनी आइतबार दिउँसो ३ बजेतिर बुद्धनगरस्थित घरबाट निस्किएकी थिइन् । कपडा लिएर पुष्पा कतिबेला आइन् ? कतिबेला निस्किइन ? परिवारका सदस्यहरूलाई थाहा छैन ।

सोमबार साँझ ७ः१५ बजेतिर पुष्पा आगोले जलेर गम्भीर अवस्थामा रहेको जानकारी आएको थियो ।प्रहरीका अनुसार पुष्पाले पाँच लिटरको ग्यालिनबाट पेट्रोल खन्याएको देखिएको छ ।आधा पेट्रोल भएको ग्यालिन बरामद भएको प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ । पेट्रोल कहाँबाट ल्याइएको थियो ? भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

प्रहरीले घटनास्थल आसपासको क्लोज सर्किट (सीसी) क्यामराका फुटेजहरू संकलन गरिरहेको छ ।पुष्पाले आत्मदाह गरिरहेका बेला मधुसहित पुष्पाका प्रेमी सुदन र बुबाआमा पनि घरभित्रै थिए ।पुष्पाका प्रेमी सुदन संग्रौला चिनिया युवतीसँग सम्बन्धमा रहेको चर्चा हुन थालेको छ ।

लकडाउनका बेला समस्यामा पर्दा व्यवसायलाई अघि बढाउन पनि सुदनलाई चिनियाँ युवतीले नै सहयोग गरेको आरोप छ ।चिनियाँ युवतीसँगको सम्बन्ध पुष्पाले थाहा पाएपछि सुदनसँग मनमुटाव हुन थालेको बताइएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद