Media Network

बागमती प्रदेशमा दुई विधेयक दर्ता


खबरस्टोरी संवाददाता

१५ भाद्र २०८०,शुक्रबार

हेटौंडा । बागमती प्रदेशसभा सचिवालयमा बुधबार प्रदेश सरकारका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएको छ ।

दर्ता गरिएका विधेयकमध्ये प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताए ।

प्रदेश सभाको अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान भइसकेको पनि सो सचिवालयले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद