Media Network

चुनावका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना खुल्दै


खबरस्टोरी संवाददाता

१३ भाद्र २०७९,सोमबार

काठमाडौँ।सरकारले आसन्न निर्वाचन मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको छ।

आगामी निर्वाचनको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्न अर्थ मन्त्रालयले स्वीकृति दिएको हो। 

अर्थले स्वीकृति दिएसँगै भर्ना खोल्ने तथा छनोटको प्रक्रिया अगाडि बढाउने भएको छ।

म्यादी प्रहरी कम्तीमा पनि ४० दिनको लागि भर्ना खुल्नेछ।

यसअघि वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको लागि एक लाख म्यादी प्रहरी भर्ना लिएको थियो। उनीहरूलाई ४५ दिनको लागि भर्ना गरिएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद