Media Network

गण्डकी प्रदेश सभा बैठक बस्दै


खबरस्टोरी संवाददाता

३० श्रावण २०८०,मंगलवार

गण्डकी । गण्डकी प्रदेश सभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो ।आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताए । यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस दिन नसकेपछि स्थगन भएको थियो ।

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनी संसद्’ मानिने विषयगत समिति अझै गठन हुनसकेको छैन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद