Media Network

कोशी प्रदेश : भागबन्डा मिलाउन नसक्दा मुख्यमन्त्रीले शपथको समय सारे


खबरस्टोरी संवाददाता

१७ श्रावण २०८०,बुधबार

विराटनगर । कोशी  प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साझ ५ बजे सारिएको छ ।मुख्यमन्त्री थापाले साझ ५ बजेसम्मका लागि शपथ सारेका हुन् ।

यसअघि आज बिहान साढे १० बजे शसपथग्रहण गर्ने तयारी  थियो । सोही  अनुसार प्रदेश  प्रमुखको कार्यालयले पनि तयारी गरेको थियो । 

नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनमा भागबन्डा मिलाउनका लागि उनले बिहानको शपथग्रहण बेलुकाका लागि सारेका हुन् ।

नेपाली कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले  मन्त्रालयको बाँडफाट टुङ्गो लगाएर शपथग्रहण गर्ने तयारी  भएकाले  समय सारिएको बताए ।

थापासँगै आजै गठबन्धन दलहरुबाट एक–एक जना मन्त्रीलाई शपथग्रहण गराउने तयारी छ । ‘अस्ति विनाविभागीय मन्त्री नियुक्त गरिएको थियो, अहिले मन्त्रालय तोकेरै जाउ भन्ने तयारी छ,’ प्रमुख सचेतक राईले भने ।

सत्तारुढ गठबन्धनभित्र नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने सहमति छ ।

एकीकृत समाजवादी पार्टीले भने भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ । मुख्यमन्त्री थापा समाजवादीलाई  भौतिक पूर्वाधार मन्त्रालय दिन तयार छैनन् ।

कांग्रेसभित्र पनि कसलाई सरकारमा लैजाने भन्ने विवाद छ । जसका कारण उनले शपथग्रहणको समय सारेका हुन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद