Media Network

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै


खबरस्टोरी संवाददाता

८ आश्विन २०८०,सोमबार

विराटनगर । विश्वासको मत लिने अन्तिम म्याद नजिकिँदै गर्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।कार्कीले नेकपा एमालेका ४ जनालाई आज मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । 

नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नवनियुक्त मन्त्रीहरु सबै नेकपा एमालेका हुने र उनीहरुको शपथ ग्रहण समारोह दिउँसो तीन बजे हुने जानकारी दिए ।

मन्त्री बन्नेहरुको नाम सार्वजनिक गरिएको छैन । 

सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की पछिल्लो पटक गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आगामी २१ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । 

कोशी प्रदेशमा हाल तीन मन्त्री र एक राज्यमन्त्री छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद