Media Network

मकवानपुर–२ मा माओवादी केन्द्रबाट रामनारायण बिडारी लड्ने


खबरस्टोरी संवाददाता

१४ भाद्र २०७९,मंगलवार

मकवानपुर।आसन्न प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारीले उम्मेदवारको दावी गरेका छन् । बिडारीे आफ्नै जन्मस्थान समेत रहेको सो क्षेत्रबाट आगामी निर्वाचनमा प्रत्यक्षबाट चुनाव लड्ने तयारी गरेका हुन् ।

 उम्मेदवारी दिने उनको चाहनालाई माओवादी केन्द्रको उच्च नेतृत्वले पनि सकारात्मक रुपमा लिएपछि बिडारी जिल्लामा चुनावी माहोल बनाउन खटिएका छन् । जिल्लामा रहेका पार्टीका विभिन्न जनवर्गीय संगठनका पदाधिकारीहरु, पार्टीका नेता कार्यकर्ताहरूसँगको भेटलाई उनले तीब्र बनाएका छन् । 

उता नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडाको पनि सोही निर्वाचन क्षेत्र रहेको छ । खतिवडा सो निर्वाचन क्षेत्रबाट हालसम्म ५ पटक चुनाव लडेको भन्दै यो निर्वाचनमा खतिवडाले आफूलाई सघाउने विश्वास राखेका छन् । 

बिडारी यो क्षेत्रबाट म २०४८ सालमा पहिलो पटक चुनाव लडेको थिए, त्यसपछि चुनाव लडेको छैन् । 

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले हाल नेकपा एकीकृत समाजवादीमा रहेका खतिवडालाई सहयोग गरेकोमा यस पटकको गठबन्धनमा उनले बिडारीलाई सहयोग गर्ने माओवादी केन्द्रले अपेक्षा गरेको छ । 

उनले पहिलो पटक २०४८ सालमा थाहा आन्दोलनबाट चुनाव लडेका थिए । त्यतिबेलाको चुनावमा हिरण्यलाल श्रेष्ठ विजयी भए भने उनले निकटतम प्रतिस्पर्धाको रुपमा दोश्रो स्थानको मत पाएका थिए । 

मकवानपुर–२ निर्वाचन क्षेत्रमा रहेका स्थानीय तहहरुमा ५ वटा पालिका उपाध्यक्ष र थाहा नगरपालिकाको प्रमुख सहित ३ जना प्रमुख पद माओवादीको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद