Media Network

रामचन्द्र र गोबिन्दराजबीचको द्वन्द्वको शिकार भए दीपकराज


खबरस्टोरी संवाददाता

११ जेष्ठ २०७९,बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नेता गोबिन्दराज जोशीका छोरा दीपकराज जोशी स्थानीय निर्वाचनमा तनहुँको ब्यास नगरपालिकाको मेयरमा पराजित भए ।  कुनैबेलाका कांग्रेसका हस्ती गोबिन्दराजको राजनीति भने पार्टीभित्रै अर्का प्रभावशाली नेता रामचन्द्र पौडेलसँगको द्वन्द्वका कारण निश्प्रभावी बन्यो । 

२०४८ सालदेखि ५८ सालसम्म लगातार शक्तिशाली मन्त्री पद हत्याएका जोशीमाथि सार्वजनिक पदमा रहँदा अकुत सम्पति कमाएको मुद्दा परेपछि राजनीतिक जीवन कालो धब्बा लाग्यो । 

तर २०६३ सालमा विशेष अदालतबाट सफाइ पाएका जोशीले टिकट नपाएकै कारण रामचन्द्रविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेस राजनीतिबाटै बाहिरिनु पर्यो । 

एमालेले सघायो, कांग्रेसले हरायो

गृहमन्त्रीसमेत भइसकेका बुवा गोबिन्दराजबाट कुनै लाभ नलिएर बरु विदेश भासिएका दीपकले अमेरिकामा अध्ययन मात्र नभै आर्थिक रुपमा पनि राम्रै प्रगति गरेका थिए । अमेरिकाको ग्रीन कार्डसमेत पाइसकेका उनलाई ग्रीनकार्ड त्यागेर स्वदेश फर्किएर गाउँको विकास गर्ने हुटहुटी जाग्यो । 

कुनैबेला कांग्रेसको राष्ट्रिय राजनीतिमा राज गरेका बुवा गोबिन्दराजबाट कुनै लाभ नलिएका दीपकराजले यो पटक आफ्नो जन्मभूमि तनहुँको ब्यासबाट मेयर पदको उम्मेदवार बने । 

कांग्रेसको विद्यार्थी राजनीतिबाट जोडिएका दीपकले पार्टीबाट टिकट लिन निकै प्रयत्न गरे । तर बाबुसँग पौडेलको राजनीति इगोकै कारण दीपकराजले कांग्रेसबाट टिकट पाएनन् । 

कांग्रेसबाट टिकट नपाएपनि स्वतन्त्र रुपमा ब्यासनगरबासीसँग सामिप्यता गासेका दीपकलाई हराउन कांग्रेस नेता रामचन्द्र पौडेलसमूह कस्सिएर लाग्यो । कांग्रेसकै नेता कार्यकर्ता दीपकलाई हराउन कस्सिरहेकैबेला एमालेले उनको काँध थापिदियो । 

दीपकलाई हराउन कस्सिएको कांग्रेस समूहबाट असहयोग मात्र होइन, पिटाईसमेत खानु पर्यो । कडा प्रतिष्पर्धी बनेका दीपक कांग्रेसका मेयर बैकुण्ठनाथ न्यौपानेसँग मात्र २ सय ५२ मतको झिनो अन्तरले पराजित हुन पुगे । 

पराजयमा दीपकराजको समिक्षा

झिनो मतले ब्यास नगरपालिकाको मेयर हारेका दीपकराजले आफ्नो पराजय स्वीकार गर्दै आफ्नो जित भएको ठानेका छन् । चुनाव जित्नकै लागि गरिने अनेक हत्कण्डा नअपनाएकै कारण आफूले पराजय ब्यहोरेको उनको ठहर छ । आफूले निर्वाचन हार्नुका थुप्रै कारणहरु रहेको भए पनि बुँदागत रुपमा मुख्य ८ कारण रहेको निश्कर्ष उनले निकालेका छन् । 

१. निर्दोष जनताको भोट पैसाले किन्न नखोज्नु र पैसा बाँड्ने नसक्नु,

२. गरिब जनताको भोकको मजाक बनाएर कुनै एक दिनको लागि मासु भातको लोभ बाड्न नसक्नु,

३. मदिराजन्य पदार्थको निम्ती खर्च गर्न नसक्नु,

४. गलत प्रचारप्रचारर र भ्रम फैलाउन नसक्नु,

५. सरकारी सम्पती दुरुपयोग गर्न नसक्नु,

६. धम्काउन र मारपीट गर्न नसक्नु, 

७. पेट्रोल बाँड्न नसक्नु,

८. सुरा, सुन्दरी र सम्पतिप्रति आशक्ति नहुनु ।  

यो पनि पढ्नुस्ः 

अमेरिकाको ग्रीनकार्ड त्यागेर गाउँको विकास गर्ने हुटहुटी


Share:
Reaction :
ताजा समाचार
खेलकुद