Media Network

संघीय र प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले आज दल दर्ता गर्ने


खबरस्टोरी संवाददाता

३१ श्रावण २०७९,मंगलवार

काठमाडौं । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले मंगलबार दल दर्ता गर्ने भएको छ ।

मंगलबार अपरान्ह ४ बजे निर्वाचन आयोगको कार्यालयमा गएर कांग्रेस दल दर्ता गर्न लागेको हो । कांग्रेसले दल दर्ताका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ ।

अन्य दलहरुले भने प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला सदस्य पुर्याएर दल दर्ता गर्ने कांग्रेसको तयारी छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद