Media Network

सुदूरपश्चिममा ७४ वटा दल पत्तासाफ (सूचीसहित)


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ बाट सुदूरपश्चिम प्रदेशबाट ७४ वटा पत्तासाफ भएका छन् । स्थानीय तह निर्वाचनमा भाग लिएका ७९ दल दलमध्ये ७४ वटा पार्टी पत्तासाफ भएका हुन् । 

सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ४०, नेकपा एमालेले २५, माओवादी केन्द्रले १४, नागरिक उन्मुक्ति पार्टीले ४, नेकपा एकीकृत समाजवादीले २ तथा स्वतन्त्रले २ पालिकाको नेतृत्व हत्याएका छन् । 

गठबन्धनकै दुई दल जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सुदूरपश्चिममा सून्यमै हराएको छ । 

बाजुराको बुढीगंगा नगरपालिका अनिर्णित 

सुदूरपश्चिमको सवै पालिकाको नतिजा आइसक्दा पनि बाजुराको बुढीगंगा नगरपालिको नतिजा भने आएको छैन । विवादका कारण त्याहाँ मतगणना हुन सकेको छैन । 

नेपाली कांग्रेस र एमालेको मात्रै उम्मेदवारी रहेको बुढीको १० वडामध्ये ६ वडा वडामा विवाद हुँदा मतगणना हुन नसकेको हो । दुबै पार्टीले बुथ कब्जा गरेको एक अर्काले दाबी गरे पनि निर्वाचन आयोगले कुनै निर्णय लिन सकेको छैन । 

बुढीगंगामा एमालेका रामबहादुर बानिया र कांग्रेसका रंगबहादुर खत्री मेयरका उम्मेदवार छन् । 

बाजुराको अन्य ८ पालिकामध्ये एमाले ५ र कांग्रेसले ३ स्थानीय तहको प्रमुख जितेको छ । 

अछाम, बझाङ र डोटीमा कांग्रेसलाई बहुमत 

सुदूरपश्चिमको अछाम, बझाङ र डोटीको अधिकांश पालिकामा कांग्रेसले जितेको छ । 

१० स्थानीय तह रहेको अछाममा कांग्रेसले ७ प्रमुख जित्दा एमालेले २ र माओवादी केन्द्रले १ पालिका मात्रै जितेको छ । 

कांग्रेसले कमलबजार, पञ्चदेवल बिनायक, साँफेबगर नगरपालिकाका साथै चौरपाटी, ढकारी, बान्नीगढी जयगढ र रामारोशन गाउँपालिकाको प्रमुख÷अध्यक्ष जितेको छ । 

नेकपा एमालेले मंगलसेन नगरपालिका र तुर्माखाँद गाउँपालिका जितेको छ भने माओवादी केन्द्रले मेल्लेख गाउँपालिका अध्यक्ष जितेको छ । 

यस्तै, नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बझाङमा पनि आफ्नो पकड कायम राखेको छ । कांग्रेसले ६ वटा पालिका जित्दा एमालेले ३, माकेले २ र एकीकृत समाजवादीले १ पालिका मात्रै जितेका छन् । 

बझाङमा अन्य साना दलहरु सबै पत्तासाफ भएका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले केदारस्युँ गाउँपालिकाको अध्यक्ष जितेर जिल्लामा पार्टीको बिउ जोगाएको छ । 

डोटी जिल्लाको ९ स्थानीय तहमध्ये ७ मा कांग्रेसले जित्दा एमाले र माओवादी केन्द्रले एक एक पालिका जितेका छन् । अन्य दलहरु सबै नामेट भएका छन् । 

कैलालीमा ठूला दललाई झड्का

सुदूरपश्चिम प्रदेशकै राजधानीसमेत रहेको कैलाली जिल्लामा भने तीन ठूला दललाई झड्का लागेको छ । एक उपमहानगरसहित १३ स्थानीय तह रहेको कैलालीमा रेशम चौधरीकी श्रीमति नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले चार पालिका जितेको छ भने प्रादेशिक राजधानी रहेको पालिका धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

नागरिक उन्मुक्ति पार्टीले टीकापुर र भजनी नगरपालिकासहित जानकी र जोशीपुर गाउँपालिका जितेको छ । कैलालीमा कांग्रेस ३, एमाले २, माके २ र एकीकृत समाजवादी १ पालिकामा विजयी भएका छन् । 

सुदूरपश्चिमको ८८ पालिकामा कसकसले जिते ?  

बाजुरा (९ स्थानीय तह, १ को नतिजा बाँकी)

गौमुल गाउँपालिका, हरी वहादुर रोकाया एमाले 

खप्तड छेडेदह गाउँपालिका दिल बहादुर रावत एमाले

त्रिवेणी नगरपालिका कर्ण बहादुर थापा नेपाली काँग्रेस

जगन्नाथ गाउँपालिका कालीबहादुर शाही एमाले

बडीमालिका नगरपालिका अमरवहादुर खड्का एमाले

बुढीनन्दा नगरपालिका जनककुमार बोहरा एमाले 

स्वामीकार्तिक खापर गाउँपालिका भरतबहादुर रोकाया नेपाली काँग्रेस

हिमाली गाउँपालिका गोबिन्दबहादुर मल्ल नेपाली काँग्रेस

अछाम (१० स्थानीय तह)

कमलबजार नगरपालिका, यज्ञप्रसाद ढकाल नेपाली काँग्रेस

चौरपाटी गाउँपालिका भिमबहादुर साउंद नेपाली काँग्रेस

ढकारी गाउँपालिका प्रकाशबहादुर साउँद नेपाली काँग्रेस

तुर्माखाँद गाउँपालिका डम्बरबहादुर बिसी एमाले

पञ्चदेवल विनायक नगरपालिका अम्विकाकुमारी चलाउने, कांग्रेस

बान्नीगढी जयगढ गाउँपालिका, टेकबहादुर साउँद, नेपाली काँग्रेस

मंगलसेन नगरपालिका, पदमबहादुर बोहरा, एमाले

मेल्लेख गाउँपालिका, ज्वाला सिंह साउद, माओवादी केन्द्र

रामारोशन गाउँपालिका, मानबहादुर साउद नेपाली काँग्रेस

साफेबगर नगरपालिका, राजेन्द्रबहादुर कुवँर नेपाली काँग्रेस

बझाङ्ग (१२ स्थानीय तह)

साइपाल गाउँपालिका, मानविर बोहरा, एमाले

केदारस्युँ गाउँपालिका, गणेशबहादुर बोहरा एकिकृत समाजबादी

खप्तडछान्ना गाउँपालिका, उत्तमबहादुर रोकाया, नेपाली काँग्रेस

छबिसपाथिभेरा गाउँपालिका, बसन्तबहादुर चलाउने, माके

जयपृथ्वी नगरपालिका, चेतराज बजाल, नेपाली काँग्रेस

तलकोट गाउँपालिका, कलकबहादुर रोकाया, एमाले

थलारा गाउँपालिका, प्रकाश बहादुर रोकाया, एमाले

दुर्गाथली गाउँपालिका, दिल बहादुर थापा (माओवादी केन्द्र)

बुंगल नगरपालिका, जय बहादुर धामी नेपाली काँग्रेस

मष्टा गाउँपालिका, ज्ञानबहादुर बोहरा नेपाली काँग्रेस

वित्थडचिर गाउँपालिका, अम्मर सिंह महर नेपाली काँग्रेस

सूर्मा गाउँपालिका, खडकबहादुर बोहरा नेपाली काँग्रेस

डोटी (स्थानीय तह ९)

आदर्श गाउँपालिका, गणेशवहादुर खड्का नेपाली काँग्रेस

के.आई.सिंह गाउँपालिका, लोकेन्द्रबहादुर शाही नेपाली काँग्रेस

जोरायल गाउँपालिका, दुर्गा दत्त ओझा एमाले

दिपायल सिलगढी नगरपालिका, बाजी सिं खड्का नेपाली काँग्रेस

पूर्वीचौकी गाउँपालिका, रामप्रसाद उपाध्याय नेपाली काँग्रेस

बडीकेदार गाउँपालिका, भैरवबहादुर साउँद नेपाली काँग्रेस

बोगटान फुड्सिल गाउँपालिका, कमलबहादूर गडसीला (माके)

शिखर नगरपालिका, दिर्घबहादुर बलायर नेपाली काँग्रेस

सायल गाउँपालिका, धर्मराज जोशी नेपाली काँग्रेस

कैलाली स्थानीय तह १३ स्थानीय तह

कैलारी गाउँपालिका, राज समझ चौधरी नेपाली काँग्रेस

गोदावरी नगरपालिका, विरेन्द्र भट्ट नेपाली काँग्रेस

गौरीगंगा नगरपालिका, देवी दत्त कडेल (माओवादी केन्द्र)

घोडाघोडी नगरपालिका, खडकबहादुर रावत (एकिकृत समाजबादी)

चुरे गाउँपालिका, चक्र बहादुर बोगटी एमाले 

जानकी गाउँपालिका, गणेश चौधरी, नागरिक उन्मुक्ति पार्टी

जोशीपुर गाउँपालिका, चित्रबहादुर चौधरी, नागरिक उन्मुक्ति पार्टी

टिकापुर नगरपालिका, रामलाल डगौरा थारु नागरिक उन्मुक्ति पार्टी

धनगढी उपमहानगरपालिका, गोपाल हमाल स्वतन्त्र

बर्दगोरीया गाउँपालिका, कर्णवहादुर कुँवर, एमाले

भजनी नगरपालिका, केवल चौधरी नागरिक उन्मुक्ति पार्टी

मोहन्याल गाउँपालिका, देवी दत्त उपाध्याय, (माओवादी केन्द्र)

लम्की चुहा नगरपालिका, सुशिला शाही नेपाली काँग्रेस

दार्चुला (स्थानीय तह ९)

अपिहिमाल गाउँपालिका, भक्त सिह ठेकरे (बोहरा) (माओवादी केन्द्र)

दुहुँ गाउँपालिका, नरेन्द्रवहादुर सिह वडाल एमाले

नौगाड गाउँपालिका दलजीत सिंह धामी (माओवादी केन्द्र)

ब्यास गाउँपालिका, मंगल सिंह धामी (एमाले)

महाकाली नगरपालिका, नर सिंह चैंसिर (एमाले)

मार्मा गाउँपालिका, जमन सिंह धामी (माओवादी केन्द्र)

मालिकार्जुन गाउँपालिका, हिरा सिंह धामी (एमाले)

लेकम गाउँपालिका, राम दत्त जोशी (माओवादी केन्द्र)

शैल्यशिखर नगरपालिका, विजय सिह धामी (एमाले)

बैतडी (स्थानीय तह १० स्थानीय तह)

डीलासैनी गाउँपालिका, सन्तोष प्रकाश जोशी, स्वतन्त्र

दशरथचन्द नगरपालिका, पुषकरराज जोशी, एमाले

दोगडाकेदार गाउँपालिका, चक्र बहादुर कार्की (एमाले)

पन्चेश्वर गाउँपालिका, गोरख बहादुर चन्द (एमाले)

पाटन नगरपालिका, गौरी सिंह रावल नेपाली काँग्रेस

पुर्चौडी नगरपालिका, दीपकबहादुर बम नेपाली काँग्रेस

मेलौली नगरपालिका, भीम बहादुर चन्द (माओवादी केन्द्र)

शिवनाथ गाउँपालिका, कर्ण सिंह साउद नेपाली काँग्रेस

सिगास गाउँपालिका, हरी सिंह धामी नेपाली काँग्रेस

सुर्नया गाउँपालिका, अम्मरबहादुर कुवंर (एमाले)

डडेलधुरा (स्थानीय तह ७)

अजयमेरु गाउँपालिका, उमेशप्रसाद भट्ट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

अमरगढी नगरपालिका, डिल्लीराज जोशी नेपाली काँग्रेस

आलिताल गाउँपालिका, शेर सिंह पार्की नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

गन्यापधुरा गाउँपालिका, ईन्द्र बहादुर कार्की नेपाली काँग्रेस

नवदुर्गा गाउँपालिका, लक्ष्मी प्रसाद अवस्थी नेपाली काँग्रेस

परशुराम नगरपालिका, भरत बडायर जोशी नेपाली काँग्रेस

भागेश्वर गाउँपालिका, डडेलधुरा हेम राज चटौत नेपाली काँग्रेस

कन्चनपुर (स्थानीय तह ९)

कृष्णपुर नगरपालिका, हेमराज ओझा नेपाली काँग्रेस

पुनर्वास नगरपालिका, तोय प्रसाद शर्मा नेपाली काँग्रेस

बेलडाडी गाउँपालिका, हरिश चन्द्र राना नेपाली काँग्रेस

बेलौरी नगरपालिका, पोती लाल चौधरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

भीमदत्त नगरपालिका, पदम वोगटी नेपाली काँग्रेस

 दोधारा चाँदनी नगरपालिका,  किशोर कुमार लिम्वु नेपाल कम्युनिष्ट पार्टी (एमाले)

लालझाँडी गाउँपालिका, निर्मल राना नेपाल कम्युनिष्ट पार्टी (एमाले)

वेदकोट नगरपालिका, भोज राज बोहरा नेपाली काँग्रेस

सुक्लाफाँटा नगरपालिका, रण बहादुर महरा नेपाल कम्युनिष्ट पार्टी (एमाले)



Share:
Reaction :
ताजा समाचार
खेलकुद