Media Network

बंगलादेशकी प्रधानमन्त्री हसिना र भारतकी राष्ट्रपति मुर्मुबिच भेटवार्ता


खबरस्टोरी संवाददाता

२२ भाद्र २०७९,बुधबार

कठमाडौँ।बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेकी छिन् । भारत भ्रमणमा रहेकी प्रधानमन्त्री हसिना र राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।  

भ्रमणका क्रममा दुई नेतृबीच द्धिपक्षीय तथा बहुपक्षीय विषयमा छलफल भएको थियो । 

 भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा दुवै नेताले विश्वास व्यक्त गरेका थिए । 


मंगलबार नै प्रधानमन्त्री हसिनाले उपराष्ट्रपतिसँग पनि भेटवार्ता गरेकी थिइन् । चार दिने भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुगेकी प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री मोदी र भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई पनि भेट गरेकी छिन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद