Media Network

भारतले पायो ‘बीएए ३’ रेटिङ , आगामी २ बर्षसम्म भारतीय अर्थतन्त्र उच्च दरमा वृद्धि हुने


खबरस्टोरी संवाददाता

४ भाद्र २०८०,सोमबार

काठमाडौं । ग्लोबल रेटिङ एजेन्सी मूडीजले भारतको सार्वभौम रेटिङ ‘बीएए ३’लाई निरन्तरता दिएको छ । मुडीजले गरेको रेटिङ रिपोर्ट अनुसार भारतीय अर्थतन्त्र आगामी २ बर्षसम्म भारतीय अर्थतन्त्र उच्च दरमा वृद्धि हुने र जी २० देशहरुको तुलनामा अधिक बढ्ने रिपोर्ट दिएको हो ।

मुडीजले भारतको आर्थिक विकास दर बुलिस रहने बताएको छ । उसले भारतको विकास दर जी २० देशहरुमै उच्च रहने रिपोर्ट पनि दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय अर्थतन्त्र आगामी पाँच बर्षभित्र विश्वको तेश्रो अर्थतन्त्र बन्ने दावी गरिरहेका छन् ।

मोदीले भाजपा नेतृत्वमा तेश्रो कार्यकाल पनि सरकार गठन भएमा आगामी पाँच बर्षभित्र भारतलाई तेश्रो ठूलो अर्थतन्त्र बनाउने सार्वजनिक घोषणा गरिरहेका छन् ।

तर भारत संसारको सबै भन्दा धेरै जनसंख्या भएका देश हो, उसले संसारको तेश्रो अर्थतन्त्र बन्नका लागि प्रतिव्यक्ति आयमा भारी मात्राले वृद्धि गर्नुपर्ने विज्ञहरु बताउँछन् । भारतको अर्थतन्त्रमा असंगठित क्षेत्रको योगदान करिब ५० प्रतिशत छ । जबकी भारतको कुल श्रम शक्तिको ९० प्रतिशत हिस्साले असंगठित क्षेत्रमा काम गरिरहेको छ ।

मुडीजले मणिपुर हिंसाले अर्थतन्त्रमा जोखिम ल्याउने बिषयलाई भने उच्च प्राथमिकताका साथ उठाएको छ ।

आरबीआईले सन २०२४ मा भारतको अर्थतन्त्र ६.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । मुडीजले पछिल्लो तीन बर्षमा बैंकिङ क्षेत्रमा आधारभूत सुधार, डिजिटल अर्थतन्त्रको विकास, संस्थागत सुशासन लगायतका कामहरुले लगानीकर्ताहरुको मनोबल उकासेको पनि भनेको छ । यीनै कारणहरुले गर्दा महामारीपछि लगानीकर्ताको मनोबल बढेर निजी क्षेत्रको ऋण प्रवाहमा व्यापक सुधार आएको पनि मुडीजको रिपोर्टमा उल्लेख छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद