Media Network

चीनमा प्राकृतिक ग्यास खपत ११ दशमलव एक प्रतिशतले बढ्यो


खबरस्टोरी संवाददाता

२८ आश्विन २०८०,आईतवार

काठमाडौँ।चीनमा पछिल्लो आठ महिनामा प्राकृतिक ग्यास खपतमा वृद्धि भएको छ । हरित विकास हासिल गर्ने प्रयासका साथ सन् २०२३ को पहिलो आठ महिनामा चीनको प्राकृतिक ग्यासको खपत निरन्तर बढेको चीनको आर्थिक योजनाको तथ्याङ्कले देखाएको छ ।

चिनियाँ विकास तथा सुधार आयोगका अनुसार जनवरीदेखि अगस्टको अवधिमा प्राकृतिक ग्यासको खपत वार्षिक सात दशमलव चार चार प्रतिशतले बढेर दुई सय ५९ दशमलव ८१ अर्ब घनमिटर पुगेको छ । तथ्याङ्कअनुसार अगस्टमा मात्र प्राकृतिक ग्यासको खपत ११ दशमलव एक प्रतिशतले बढेर ३२ अर्ब ६८ करोड घनमिटर पुगेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद