Media Network

जापानी समुद्रमा रुस र चीनको सैन्य अभ्यास


खबरस्टोरी संवाददाता

८ श्रावण २०८०,सोमबार

काठमाडौं । जापानी समुद्रमा रुस र चीनले सैन्य अभ्यास गरेका छन् ।पछिल्लो समयमा सीमाहीन सम्बन्ध भनेर एक–अर्कालाई चिनाउँदै आएका यी दुई विश्व शक्तिले यो हप्ता जापानी समुद्रमा विशाल सैन्य अभ्यास गरेका छन् ।

आइतबार सकिएको तीन दिन भएको सैन्य अभ्यासले जल, स्थल देखी हवाई हमला र रक्षाको अभ्यास गरेको रुसी सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

आरटीले रुस र चीनको जापानी समुद्रमा भएको सैन्य अभ्यासको भिडियो समेत सार्वजनिक गरेको छ ।

‘उत्तरी सहकार्य २०२३’ नाम दिइएको उक्त संयुक्त सैन्य अभ्यासमा दुवै देशका ३० सैन्य जहाज सक्रिय भएका थिए ।

दुई देशले २० युद्ध अभ्यास गरेका थिए ।

खास गरी अमेरिकी, जापानी र दक्षिण कोरियाली प्रभाव क्षेत्रलाई चुनौती दिन एसिया प्रशान्त क्षेत्रमा रुस र चीनले संयुक्त अभ्यास गरेका टिप्पणी हुन थालेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद