Media Network

नेपालले पाकिस्तानको बाढीपीडितलाई २ करोड बराबरको राहत सामग्रीहरू दिने


खबरस्टोरी संवाददाता

२८ भाद्र २०७९,मंगलवार

काठमाडौं । नेपाल सरकारले पाकिस्तानको बाढीपीडितलाई २ करोड बराबरको राहत सामग्रीहरू प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को भदौ २१ को बैठकले यो निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।

मित्रराष्ट्र पाकिस्तानमा आएको बाढीबाट धनजनको ठूलो क्षति भएको प्रति नेपाल सरकार दुःख व्यक्त गरेको छ । 

उक्त विपद्मा परी मृत्यु हुनेहरुप्रति नेपाल सरकार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनागदबाढीबाट प्रभावितहरुको लागि नेपाल सरकारको तर्फबाट सहायतास्वरुप पाकिस्तान सरकारलाई ने.रु. २ करोड बराबरको राहत सामग्रीहरू प्रदान गर्ने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७९/०५/२१ गते निर्णय गरेको छ .


Share:
Reaction :
ताजा समाचार
खेलकुद