Media Network

रूसले आफ्नो सैन्य संख्या १० प्रतिशत बढाउने


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

रूस। रूसले आफ्नो सैन्य संख्या १० प्रतिशत बढाउने भएको छ। युक्रेनविरूद्ध युद्ध सुरू गरेको रूसले आफ्नो सैन्य संख्या बढाउन लागेको हो।

राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी महिनाभित्र देशको सशस्त्र बलमा थप १ लाख ३७ हजार सैन्य कर्मचारी भर्ती गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

अहिले रुसमा १० लाखभन्दा बढी सैन्य कर्मचारी र करिब नौ लाख नागरिक कर्मचारी छन्।

पछिल्लो समय रूसले देशभर ठूलो नगद प्रोत्साहनसहित सैन्य भर्ती अभियान तीव्र पारिरहेको छ।

बिबिसीका अनुसार रूसी राष्ट्रपतिको कार्यालयले रसियन भाषामा प्रकाशित गरेको आदेश अनुसार रूसी सङ्घको सशस्त्र बलको सङ्ख्यात्मक आकार ११ लाख ५० हजार ६ सय २८ सैन्य कर्मचारीसहित २० लाख ३९ हजार ७५८ मा सीमित गरिनुपर्ने प्रावधान छ।हालको सैन्य कर्मचारीको सीमा १० लाख १३ हजार ६२८ तय गरिएको छ। 

अध्यादेशले यसका लागि सङ्घीय बजेटबाट रकम उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ जुन सन् २०२३ को जनवरीदेखि लागू हुनेछ।

यद्यपि, थप सैन्य सङ्ख्या स्वयंसेवकहरू लिएर बढाइन्छ वा बलपूर्वक भर्ती गरेर भन्ने कुरा स्पष्ट नभएको बिबिसीले जनाएको छ।

युक्रेनविरुद्ध लडाइँको लागि आम मानिसको उत्साहको स्तर निकै कम देखिनुलाई आवश्यक वा माग गरिएको सङ्ख्या अनुरूप सेना भर्ती गराउन गाह्रो हुने आशंका गरिएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद