Media Network

राष्ट्रपति भण्डारीद्धारा बेलायती महारानी एलिजाबेथको निधनप्रति शोक व्यक्त्त


खबरस्टोरी संवाददाता

२४ भाद्र २०७९,शुक्रबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेकी छिन् ।

लैनचौरमा रहेको नेपालस्थित बेलायती दूतावासमा पुगेर उनले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरिन् ।

राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग कुरा गर्दै महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै श्रद्धाञ्जलि व्यक्त गरेको छिन्।

एलिजाबेथ द्वितीयको निधनपछि काठमाडौंस्थित बेलायती दूतावासले झण्डा झुकाएको छ भने दूतावासमा शोक पुस्तिका राखेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद