Media Network

‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’को सञ्चालक समितिको सदस्यमा मेयर बालेन निर्वाचित


खबरस्टोरी संवाददाता

१७ असार २०८०,आईतवार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह  विश्वका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’ सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन् ।मेयर शाह  आईतवार दुई वर्षे कार्यकालका लागि निर्वाचित भएकाहुन्।

शाहको कार्यकाल सन् २०२४ देखि २०२६ सम्म रहनेछ । 

वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज

वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज सन् १९८५ मा स्थापना भएको हो । यसले विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितहरूको वकालत गर्न काम गर्दछ ।सहभागितामूलक र प्रभावकारी महानगरीय शासनले आर्थिक विकास, दिगोपन, सामाजिक एकता, लैङ्गिक समानता र जीवनको गुणस्तरलाई बढावा दिने महानगरीय क्षेत्रहरूको दृष्टिकोणलाई प्रवर्द्धन गर्ने यसको उद्देश्य रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद