Media Network

विश्व भोकमरी सूचकांकमा भारत १०७औँ स्थानमा


खबरस्टोरी संवाददाता

२९ आश्विन २०७९,शनिबार

काठमाडौँ । विश्व भोकमरी सूचकांक (जीएचआई) २०२२ मा भारत विश्वका १२० देश र क्षेत्रमध्ये १०७औँ स्थानमा झरेको छ ।

गत वर्षको १०१औँ स्थानबाट तल झरेर भारत एसियाली मुलुकहरू श्रीलंका, म्यानमार, नेपाल, बंगलादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो । जीएचआई अनुसार श्रीलंकका (६४), म्यानमार (७१), नेपाल (८१), बंगलादेश (८४) र पाकिस्तान (९९) स्थानमा रहेका छन् ।
नयाँ तथ्यांकमा यो वर्ष १४ देश वा क्षेत्रले मात्र भारतभन्दा खराब प्रदर्शन गरेका छन् ।
कन्सर्न वर्ल्डवाइड आइरिस सहायता एजेन्सी र वेल्टहंगरहिल्फ नामक जर्मन संस्थाले संयुक्त रूपमा उक्त प्रतिवेदन हालै सार्वजनिक गरेका हुन् ।
अल्पपोषण, बाल बर्बादी, बाल पुड्कोपन र पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युदर गरी जीएचआई स्कोर चार सूचकहरूमा गणना गरिन्छ ।
पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको तौल कम हुनुलाई अल्पपोषणको कारणले गर्दा भएको मानिन्छ । 
बाल पुड्कोपनले पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको अनुपात मापन गर्छ ।
प्रतिवेदनानुसार १७ देशले जीएचआई स्कोर पाँचभन्दा कम प्राप्त गरेका छन् । भोकमरी र कुपोषणको अनुगमन गर्ने जीएचआईका अनुसार भारतमा भोकमरीको स्तर ‘गम्भीर’ छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद