Media Network

सन्दीप लामिछानेको पेशीमा सुनुवाई तेस्रो पटक स्थगन


खबरस्टोरी संवाददाता

२१ पुष २०७९,बिहीबार

काठमाडौँ। नेपाली क्रिकेट टीमको पूर्व कप्तान सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ स्थगन भएको छ ।पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा चौथो नम्बरमा चडेको थियो ।

लामिछानेका कानुन व्यवसायीबाट नै पेसी स्थगित गरिएको हो ।

 यसअघि दुईपटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गरेका थिए । दोस्रोमा उनको पेशी हेर्न नभ्याइनेमा परेको थियो । स्थगन पेशीमा यो तेस्रो पटक हो ।

२० असोजमा पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनले थुना बाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् ।

सम्बन्धित समाचार-सन्दीप लामिछानेको सुनुवाइको पेशी आज, छुट्ने सम्भावना कति ?

Share:
Reaction :
ताजा समाचार
खेलकुद