रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहले आफूलाई महाकाली रुपमा देखाउने संकेत गरेका छन् ।
प्रधानमन्त्रीको सपथ खानु भन्दा एक दिन अगाडि चैत १२ गते संसदको सपथ खाएकै दिन बालेनले ‘जय महाकाली’ बोलको गीत सार्वजनिक गरेका छन् । शाहले आफ्नै युट्युव च्यानलबाट जय महाकाली गीत सार्वजनिक गरेका हुन् ।
गीतमा बालेनको आफ्नै शब्द, सङ्गीत र स्वर रहेको छ ।
गीतको दृष्य भने चुनावी अभियानका छन् । काठमाडौं महानगरको मेयर लड्दाको चुनावी प्रचारदेखि रास्वपा प्रवेश गरेर संसदको चुनावी अभियानमा हिडेका भिडियोहरु गीतमा राखिएका छन् । गीतमा बिकेश मगरको सम्पादन रहेको छ ।