कार्की आयोग प्रतिवेदनः ६ डीएसपीलाई पुरस्कृत गर्न सिफारिस


खबरस्टोरी संवाददाता
११ चैत्र २०८२, बुधबार
कार्की आयोग प्रतिवेदनः ६ डीएसपीलाई पुरस्कृत गर्न सिफारिस

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगले त्यतिबेला प्रहरी कार्यालय र हतियार जोगाउन महत्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरुलाई पुरस्कृत गर्न पनि सिफारिस गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेत, प्रहरी वृत्त कालिमाटीका डीएसपी मधु थापा, प्रहरी वृत्त मालिगाउँका डीएसपी सुनिल शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीएसपी चिनिमाया तामाङ, प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्णकुमार चन्द, प्रहरी वृत्त ठिमीका डीएसपी नवराज ढुंगानालाई पुरस्कृत गर्न आयोगले सिफारिस गरेको छ ।

त्यसैगरी प्रहरी बचाउने दुई नागरिकलाई पनि पुरस्कृत गर्न सिफारिस गरिएको छ । जसमा होटल स्वर्णिम एण्ड गेस्ट हाउस कोटेश्वरका शिवराम बाँडा, कोटेश्वरकै घडी पसल सञ्चालक गीता कुमारी साहलाई पुरस्कृत गर्न सिफारिस गरेको छ ।

प्रदर्शनकारीले प्रहरीलाई मार्न लाग्दा होटलको कौशीको ढोकाबाट प्रहरीलाई प्रवेश गराई ताला लगाएर बचाएको, प्रहरीलाई खाना खुवाएको उल्लेख गरिएको छ ।